नबिल बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन्। हालसम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस