काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिहिबार प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




