समाजवादी प्रेस संगठनको राष्ट्रिय अधिवेशन आजबाट

काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । पत्रकारहरुको सो संगठन नेकपा एस निकट मानिन्छ ।

आज देखी सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ । सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् । यस सम्मेलनवाट अब नयाँ नेतृत्व चयन हुनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस