मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले उसको नवनिर्मित संसद भवनमा नेपालको भूभागसमेत समेटेर बनाएको अखण्ड भारतको नक्सा राखेपछि त्यसको नेपालमा चर्को विरोध भइरहेको छ ।

भारतले सांकृतिक इतिहासका रुपमा उक्त नक्सा राखेको भनिरहेको बेला नेपालमा पनि विगतको ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

यसै सन्दर्भमा मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका हुन् । हाल मेयर शाह भारतको भ्रमणमा छन् । साहकै निर्देशनमा ग्रेटर नेपालको नक्सा भित्तामा राखिएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री