मुर्रा राँगा नेपाल भित्र्याइँदा कति लाभदायक ?

काठमाडौँ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन् । भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् ।

मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो । यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ  । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताए ।

उनले भने, ‘नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन । भारतबाट शुद्धताको मापन भएर आउने राँगामार्फत नेपालले पर्याप्त आर्थिक मुनाफा लिन सक्ने अवस्था रहन्छ ।’ पशु चिकित्सक डा मणिप्रसाद सापकोटाले कालो सुनका रूपमा परिभाषित भएकाले मुर्रा जातको राँगा ल्याएपछि हुने फाइदाको बयान गर्न नसकिने बताए ।

नेपालका भैँसीले सरदर पाँच लिटर दुध दिने गरेका छन् । मुर्रा जातको भैँसीबाट अधिकतम ३८ लिटर र न्यूनतम २५ लिटर दुध उत्पादन हुन सक्छ । उनले भैँसीको उत्पादन क्षमता सुधारका लागि नश्ल सुधारबाहेक अरू विकल्प नरहेको बताए । भारत सरकारको शुद्ध स्रोतलाई आयात नगर्ने नीतिका कारणले नेपालमा शुद्ध मुर्रा जातको राँगा भित्र्याउन सकिएको थिएन ।

पशुसेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले पशुको शुद्ध नश्लले पछिल्लो पुस्तामा उत्पादन बढाउने क्षमता राख्ने भएकाले संरक्षण र प्रवर्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्यलाई मुर्रा जातको राँगा ल्याएपछि थप सहयोग पुग्ने बताइन् ।

राष्ट्रिय भैँसी अध्ययन केन्द्र तरहराका पशु वैज्ञानिक डा पङ्कज झाले राँगा ल्याउने सहमति हुनुले भैँसी पालनका क्षेत्रमा नयाँ ऊर्जा थपेको बताए । सो केन्द्रले कृषकको मागका आधारमा उच्च नश्लका राँगा उपलब्ध गराउँदै आएको छ । सो केन्द्रमा हाल एक सय वटा ठूलासाना भैँसी पालिएका छन् । –गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

प्रतिकृया दिनुहॊस