नेपाल-इटली चेम्बर दिवस मनाइने

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीले जुन ५ तारिखलाई द्विपक्षीय व्यापार बैठक (एनआइसिसिआई) दिवस २०२३ को घोषणा गरेको छ । सो अवसरमा संघले सोमबार पहिलो संस्करणको न्युजलेटर अनावरण गरेको छ । कार्यक्रमले दुई देशबीचको व्यावसायिक सम्बन्ध पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआइसिसिआईको प्रतिबद्धता जनाउने बताइएको छ ।

इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिनुभयो । एनआइसिसिआईका अध्यक्ष सञ्जय अग्रवालले एनआइसिसिआई दिवस २०२३ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको बताउनुभयो । सो अवसरमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

इटालीका राजदूत लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अघि बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्री इटालीमा बजार प्रवद्र्धनमा जोड दिनुभएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस