छतबाट खसेर बालिकाको मृत्यु

काठमाडाैँ । खोटाङको दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाट खसेर मृत्यु भएको हो ।

बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस