प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारबाट छलफल सुरु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएको छ । सरकारले देशलाई निर्देश गर्ने नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने एमालेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस