ओलीलाई नेपालको प्रश्न- बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न भनेका छन् ।

उनले देश निर्माणमा सबै एकजुट हुनुपर्ने बताउँदै एकले अर्कालाई घोचपेच नगर्न सुझाव समेत दिएका छन् । उनले भने,‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री