जेठ १० सम्म हिरासतमै रहने भए टोपबहादुर र बालकृष्णसहित १६ जना

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तलाइ थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद थप्न माग गरेको थियो । सोही माग अनुसार काठमाडौँ जिल्ला अदालतले ३ दिनको थप समय दिएको हो ।

आज आइतबार र भोलि सोमबारसम्मका लागि म्याद थप भएको हो । उनीहरुलाई ८ गेतसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको हो । ९ गते उनीहरुलाई पुनः म्याद थपका लागि लैजानु पर्ने छ ।

प्रहरीले आजै अवेरसम्म उक्त प्रकरणमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जना गरी ३२ जना अभियुक्तविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds