काठमाडाैँ । दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको ज्यान गएको छ । गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको ज्यान गएको हो ।
आफैले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
तपाईंको प्रतिकृया



