सरकारले दिएन कृषि बिमाको तीन अर्ब अनुदान, बिमालेख जारी नगर्ने चेतावनी

काठमाडौँ । बिमा कम्पनीहरुले जेठ ७ देखि कृषि बिमालेख स्थगित गर्ने निर्णय गरेका छन् । राज्यको नीति अनुसार सरकारले कृषि बिमामा दिनुपर्ने अनुदानबापतको रकम नदिएको भन्दै कृषि बिमालेख जारी नगर्ने नेपाल बिमक संघले निर्णय गरेको हो । संघका अनुसार सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकमबापत करिब ३ अर्ब रुपैयाँ बिमा कम्पनीलाई तिर्न बाँकी छ ।

‘नेपाल सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकम बिमा कम्पनीलाई दिन हालसम्म करिब ३ अर्ब रुपैयाँ बाँकी छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट बिमित तथा दाबीकर्ताहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।’ बिमा कम्पनीहरुका अनुसार माछा बिमा शुल्कमा अनुदान रकम २०७७ साल देखि, बाली बिमा र पशुपंक्षी बिमाको अनुदान रकम २०७८ असोजदेखि भुक्तानी बाँकी छ ।

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख जारी गर्न र सम्बन्धित क्षतिको दावी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस