आगो निभाउन खटिएका आमा छोराको मृत्यु

काठमाडाैँ । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्यामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । सोही वडाकी ५५ वर्षिया दिल कुमारी भुजेल र उनकै छोरा १६ वर्षीय कुमार भुजेलको निधन भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्याको गढी सल्लेरी सामुदायिक बनमा बुधवारदेखि नै आगो लागेको थियो । आगो गाउँमा पस्न सुरु भएपछि आमाछोरा नै आगो निभाउन खटेका थिए । उनीहरु हराएको जानकारी आएपछि खोजी गर्दा दुबै जनालाई एकै ठाउँमा जलेको अवस्थामा फेला पारिएको ओलीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री