ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले धेरै पटक पार्टीको केन्द्रिय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको उनले बताए । मन्त्री गुरुङले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको तर्क गरे । देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री