पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले खाँणलाई बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो । खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणसँगै सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप