डा. आरजु र मञ्जु पनि प्रहरीको उच्च निगरानीमा !

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

खाँणलाई ‘जरुरी पत्र’ दिएर पक्राउ गरेकोले प्रहरी खाँण पनि टोपबहादुर रायमाझी जस्तै ‘फरार’ हुनसक्ने आशंकाले सो अगावै नियन्त्रणमा लिएको हो । परिसरमा बयान लिइसकेपछि अहिले खाँणलाई पक्राउ पूर्जी र म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गर्ने भएको छ ।

भुटानी शरणार्थीको प्रकरणमा प्रधानमन्त्री र वर्तमान गृहमन्त्रीको दरिलो साथ पाएको प्रहरीले संलग्न अन्यमाथि पनि अनुसन्धान गहिरो बनाएको छ । त्यस क्रममा खाँणपत्नी मञ्जु खाँणका साथै कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजु देउवा पनि मुछिएका छन् ।

उनीहरुका बारेमा पनि गहिरो अनुसन्धान गरिरहेको र उनीहरुमाथि उच्च निगरानी बढाइरहेको पनि प्रहरीका एक उच्च स्रोतले जनायो । प्रहरीले अनुसन्धानमा उनीहरुको संलग्नता रहेको खुल्नासाथ उनीहरुलाई कुनै पनि बेला पक्राउ गर्नसक्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री