काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद चौधरीले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताए । उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको उनको भनाई छ ।
‘मुलुकमा भ्रष्टाचार व्याप्त छ,’ उनले भने, ‘आम मानिसहरु यसबाट साह्रै पीडित छन्, भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको लागि महत्वपूर्ण छ । कुनै कम्परमाइज गर्नु हुँदैन ।’
तपाईंको प्रतिकृया




