काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम फाइभ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ ।’
पोको एम फाइभ एक शक्तिशाली स्मार्टफोन हो जसमा ६.५८ –इन्च ९०Hz FHD± डिस्प्ले, एक शक्तिशाली 6nm MediaTek Helio G99 प्रोसेसर, र ५०००mAh ब्याट्री जडान गरिएको छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ ।
उपलब्धता
पोको एम फाइभ कालो, हरियो र पहेँलो गरी तीन रंगहरूमा आउनेछ भने यो 4GB+64GB / 6GB+128GB गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
4GB+64GB को वास्तविक मूल्य रु. २०,४९९ र छुट मूल्य रु. १९,९९९ रहेको छ ।
6GB+128GB को वास्तविक मूल्य रु. २३,९९९ र छुट मूल्य रु. २२,९९९ रहेको छ ।
देशभरका सबै अधिकृत स्टोरहरूमा पोको एम फाइभ वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध हुनेछ ।




