जमिन भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडाैँ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एक तर्फी खुलेको छ । भासिएको ठाउँमा ग्यावियन जाली भरेपछि केहीबेर अघिदेखि एकतर्फी सडक खुलाइएको हो ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको थियो । धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो ।

पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप