तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राई पक्राउ

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो ।

उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथि सोधपुछ सुरु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री