सरकार र महावीर पुनबीचको छलफल सकारात्मक

काठमाडौँ । उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सकारात्मक रुपमा सकिएको हो ।

छलफलमा वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने समझदारी बनेको पुनले जानकारी दिएका छन् । आफूले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको उनको भनाई छ ।

पुनले विभिन्न माग राखेर माइतीघर मण्डलामा शुक्रबारदेखि चौबिसै घण्टा बसेर धर्ना दिइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री