नव निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेको आज शपथ

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ आज हुने भएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउने छन् । यसअघि चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि रिक्त सो स्थानका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनःनिर्वाचित भएका हुन् ।

यस्तै तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो स्थान खाली थियो । रिक्त सो स्थानका लागि उपनिर्वाचन भएको थियो । त्यहाँ रास्वपाबाट वाग्ले निर्वाचित भएका हुन् । वाग्ले कांग्रेस त्यागेर उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका थिए । यस्तै बारा –२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री