रविले कटाए ४४ हजार मत, जीतनारायण ३६ हजारले पछाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ जित नजिक पुगेका छन् ।

पछिल्लो परिणामअनुसार ६२ हजार ८ सयभन्दा बढी मत गणना हुँदा उनले ४४ हजार ४८६ भोट प्राप्त गरेका छन् । लामिछानेका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार २७५ मत ल्याएका छन् । लामिछाने-श्रेष्ठबीचको मतान्तर ३६ हजार २११ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन् ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गणना हुन बाँकी मत करिब १७ हजार मात्र छ ।

गत ४ मंसिरको निर्वाचनमा उनी यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । त्यो बेला लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । तेस्रो भएका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री