वडाध्यक्षको निधनको शोकमा आज कीर्तिपुर नगरपालिकामा बिदा

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ ।

वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते अधिकारीको उपचारको क्रममा हिजो अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो । चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकलको पछाडि रहेका वडाध्यक्ष अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो । आज उनीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गर्ने तयारी भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । पालिका चुनावमा स्वतन्त्र उम्मेदवार बनेर उनी कीर्तिपुर-४ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री