उपनिर्वाचनमा देखिएन उत्साह, तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

काठमाडौं । उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकाअनुसार आइतबार मंसिरको तुलनामा कम मत खसेको हो ।

सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ । मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।

तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए । तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री