भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

काठमाडौँ । भेरी नदीमा निर्माणाधीन जाजरकोट र रुकुम जोड्ने बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा ६ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोस रोकाले जानकारी दिएका छन् । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस