ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । सर्लाहीको लालबन्दीमा बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र। २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक एवं पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।

सनाखत हुन नसकेको मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस