रविका गाडी चालक तीनतलाको छतबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) रामेश्वर कार्कीकाअनुसार उनी राति ३ बजेर ५४ मिनेटमा अढाई तलाबाट खसेर गम्भीर घाइते भएका हुन् ।

चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा हुन् । ‘थापा राती ३ः५४ बजे खसेको सिसिटिभी फुटेजमा देखिन्छ । टाउको र खुट्टामा गम्भीर चोट लागेको छ,’ एसपी कार्कीले भने, ‘भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा पुर्‍याइएका छौँ । अवस्था गम्भीर रहेको टाउकोको अप्रेसन सुरु गरिएको छ ।’

चालक थापा रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । हिजो थापा लामिछानेलाई लिएर तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा ३६ किलो चरेस बरामद, मान्छे किन समातिएन ?

काठमाडाैं । धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी …

प्रतिकृया दिनुहॊस