काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे आज निर्णय गर्ने भएको हो ।
अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको हो ।
रास्वपाले समितिले बुझाएको प्रतिवेदन र थप कदमका विषयमा छलफल गर्न बिहान ९ बजेपछि बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । अडिओ उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।
तपाईंको प्रतिकृया




