काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जस्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको हो ।
बाँकेका एसपी सन्तोष सिंह राठौरकाअनुसार बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद गरिएको छ । ‘चक्रे मिलनको बडिगार्डको रूपमा हिँडेको बोगटीलाई हतियारसहित हिजो बेलुकी पक्राउ गरेका छौँ,’ एसपी राठोरले भने, ‘हतियार इजाजत प्राप्त हो । तर,पनि खुलेआम बोकेर हिँडेर पाइन्न । त्यसैले पक्राउ गरेर हिरासतमा राखेका छौँ ।’
राष्ट्रिय युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनस्थलबाट उनलाई पक्राउ गरिएको थियो । बोगटी बाँकेको चिसापानीका रहेको बताइएको छ । बोगटीले हतियारसहित चक्रे मिलनलाई सुरक्षा दिएको भिडिओ टिकटकमा सार्वजनिक भएको थियो ।
तपाईंको प्रतिकृया




