राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पोखरेल तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन् । उनी राष्ट्रिय सूचना आयोगको पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनको पूर्वअध्यक्षसमेत हुन् ।

यसअघि राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री