काठमाडौं। जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैङ्कासुरेन्स सम्झौता भएकोे छ ।उक्त सम्झौता बमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले रेडियोलोजी, प्रयोगशाला तथा बेड चार्जमा १० प्रतिसतको विशेष छुटका साथै विकिरण चिकित्सामा ५ प्रतिसतको विशेष छुट प्रदान गर्नेछ ।
बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत वहाहरुको दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापी स्तरको स्वास्थय सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया दिनुहॊस