कर्मचारीहरुलाई दत्तचित्त भएर काम गर्न मन्त्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङ्गले निजामती ऐन छलफलमा रहकोले छिट्टै नै जारी हुने बताएकी छन् ।

नेपाल निजामति कर्मचारी यूनियन, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री गरुङ्गले यस अघि आफु राज्य व्यवस्था समिति रहेकोले र विभिन्न सेवा समुहहरुसँग आवश्यक छलफल गरेको स्मरण गर्र्दै कर्मचारी सबैको भावना अनुरुप ऐन जारी हुने बताएकी हुन् ।

साथै उनले संस्थागत उपलब्धि हासिल गर्न र जनताका आवश्यकतालाई मध्यनजर गरि बिकास निर्माणका काममा दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् । शहरी विकास मन्त्रालयको विभागिय कार्यसमिति अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा मन्त्रालयका सचिब सुरेश आचार्य, यूनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, महासचिब जनक रावल, निर्मला सापकोटा दीपेन्द्र गिरी, आधिकारिक ट्रेड यूनियनका विभागिय अध्यक्ष सुरेन्द्रराज आचार्य, पूर्व केन्द्रीय सदस्य प्रकाश न्यौपाने समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभागिय अवस्थाका वारेमा विभागिय कार्यसमिति अध्यक्ष अनिलकुमार प्रधानले संक्षिप्त जानकारी सहित मन्त्री गुरुङ्गलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विभागिय सचिब डम्मरबहादुर बमले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री