काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पतालका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।
प्रतिकृया दिनुहॊस