आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।

सो सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्समार्फत यात्रुहरुले सूपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् ।

यसको साथै साझेदारहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य र उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस