किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

काठमाडाैं । कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।

भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौँ ल्याइदै छ । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो ।

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व  बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाएको छ ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रि अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।अनुमति …

प्रतिकृया दिनुहॊस