गृहमा नारायणकाजी ल्याएर भौतिकमा प्रकाशलाई पठाउने तयारी

काठमाडौं । सत्ता साझेदार दलको तर्फबाट सरकारमा सहभागी हुने दुई जना मन्त्रीको नाममा सहमति भएको छ ।

यसअगाडि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्री बनाएर नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्री बनाउने सहमति गठबन्धनमा जुटेको हो ।

हाल १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । सो बैठकमा मन्त्रालय र मन्त्रीहरूको नाम टुङ्गो लगाएर मिलेसम्म आजै उनीहरूलाई मन्त्री बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निकट स्रोतले भनेको छ- ‘प्रधानमन्त्री पनि ज्वालालाई भौतिक मन्त्री बनाएर गृहमा नारायणकाजीलाई नै पठाउन तयार हुनुभएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस