बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा र मेगा क्यापिटल नियुक्त

काठमाडाैं । बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू मेगा क्यापिटल त्रिपुरेश्वर, काठमाडौंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस