काठमाडौं – नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल नेपाल र भुटानबीच १-१ गोलको बराबरीमा सकिएको हो ।
नेपालका लागि खेलको ९०औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए । यस खेलमा भुटानले खेलको १९औं मिनेटमा गोल गर्दै खेलमा १-० को अग्रता लिएको थियो । भुटानका लागि तेन्जिङ नोर्बुले गोल गरेका थिए ।
प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओसबीच हुनेछ । लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने नेपालसँग २-० गोल अन्तरले हार बेहोरेको थियो । योसंगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । भुटान लाओससँग २-१ ले हारेको थियो । अब फाइनल खेल चैत १७ गते शुक्रबार नेपाल र लाओसबीच साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।
तपाईंको प्रतिकृया



