नेपाल टेलिकमका ५ सय र १ हजारका रिचार्ज कार्डहरूको म्याद ४ वर्ष थपियो

काठमाडाैँ । नेपाल टेलिकमको पाँच सय र एक हजारको रिचार्ज कार्डहरूको म्याद थप गरिएको छ । टेलिकमका अनुसार ३१ मार्च २०२३ अन्तिम मिति तोकिएका पाँच सय र हजारका रिचार्ज कार्डहरूको म्याद ४ वर्षका लागि थप गरिएको हो ।

टेलिकमले सोमबार एक सूचना जारी गर्दै ३१ मार्च २०२७ सम्मका लागि म्याद थप गरिएको जानकारी गराएको छ ।  नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय, बबरमहलले जारी गरिएको सूचनामा ४ वर्ष म्याद गपिएको जानकारी गराएको हो ।

सूचनाः(

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री