हिमालयन बैंक सुर्खेतद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडाैँ । हिमालयन बैंकको सुर्खेत शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ। शुक्रबार शाखाले वीरेन्द्रनगरमा विद्यार्थीलाई बैंकिङ साक्षरता कार्यक्रम गरेको हो।

कार्यक्रममा हिमालयन बैंकका कर्णाली प्रदेश प्रमुख गुरुप्रसाद पुडासैनीले ग्राहकलाई वित्तीय साक्षरताअन्तर्गत, कारोबार, भावी योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकम लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरण तथा बैंकको नेटवर्क लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

वित्तीय साक्षरता कार्यक्रमकै अवसरमा विद्यार्थीहरुलाई कापी, कलम लगायतका सामग्री पनि वितरण गरिएको हिमालयन बैंक सुर्खेत शाखाले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस