प्रभु बैङ्कद्वारा ‘ग्लोबल मनी वीक’कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैङ्किङ्ग शिक्षा

काठमाडाैं । प्रभु बैङ्क लिमिटेडले ‘ग्लोबल मनी वीक’कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैङ्किङ्ग शिक्षा प्रदान गरेको छ । ललितपुरस्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरूले बबरमहलस्थित बैङ्कको प्रधान कार्यालयमा दुइ दिन अवलोकन भ्रमण गरी बैङ्किङ्ग शिक्षा प्राप्त गरेका हुन् ।

बैङ्कको प्रधान कार्यालय र बैङ्कबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि १०० जनाको सङ्ख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहलअन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकनको पहीलो दिनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्नुहुँदै बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गर्नुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृतहरु समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञासाहरु समेत राखेका थिए ।

प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री