सुन तस्करी : पत्तै लाग्दैनन् गिरोहका नाइके

काठमाडौं । केरुङ नाका हुँदै अवैध प्रक्रियाबाट भित्र्याइएको ५ केजी सुन प्रहरीले बरामद गरेको छ । सार्वजनिक बसमा कम्मरमा सुन बाँधेर काठमाडौं आउँदै गरेका १८ वर्षीय सोमबहादुर तामाङ बुधबार बालाजु नजिक तीनपिप्लेबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार केरुङको सीमापारि चिनियाँ व्यापारी सुन बोकेर भरियाको खोजीमा बस्छन् । ‘वी च्याट’मार्फत सम्पर्कमा आउनेलाई उनीहरू सुन दिएर पठाउँछन् । काठमाडौं पुगेपछि मात्रै उनीहरू भरियालाई उक्त सुन कहाँ पुर्‍याउने हो भन्ने खुलाउँछन् ।

‘वी च्याटमार्फत सम्पर्क हुने र धेरै लेयरमा काम हुने भएकाले असली मालिक पत्ता लगाउन कठिन रहेको प्रहरीलाई उदृत गर्दै आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after