काठमाडौं । आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट दल दर्ता हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्मका लागि समय दिएको छ ।
आयोगले तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । चितवन-२ मा हुने उपनिर्वाचनका लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली तथा घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्ने आयोगले जनाएको छ ।

तपाईंको प्रतिकृया



