अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए

काठमाडाैँ । जुम्लामा उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली दमको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ । लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए ।

बिरामी लालुको कुरुवा उनकी बुहारी दुरपति नेपालीले गरेकी थिइन् । बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए । तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राति नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

उक्त दिनको राति नै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भए पनि प्रहरीले सोमबार बिहान मात्रै खोज्दै गर्दा खोलामा लालु मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी खटिएर बिरामी लालुलाई खोजेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री