जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

काठमाडाैं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२-५०० यात्रा गररहेकै  पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

प्रतिकृया दिनुहॊस