सभामुखले भने- ‘पत्रकारहरू बिक्रीमा छन्’, प्रेस सल्लाहकारले गरे बचाऊ

काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारमाथि गम्भीर आरोप लगाएपछि उनका प्रेस सल्लाहकारले बताऊ गरेका छन् । नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूसँगको भेटमा सभामुखले ‘पत्रकारहरू बिक्रीमा रहे’को गम्भीर आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तको आलोचनापछि उनका प्रेस सल्लाहकार शेखर अधिकारीले ‘प्रेस नोट’ अन्यथा नबुझ्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘सम्माननीय सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भएको भेटमा व्यक्त गर्नुभएका धारणालाई लिएर प्राप्त प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको छ । सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध गर्दछु ।’

के भनेका थिए सभामुखले ?
‘पत्रकारहरूले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन’ घिमिरेले अगाडि भनेका छन्, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे-जे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरू ।’ पत्रकारहरूकै बिचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरू बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले रोकी राख्नुपर्दैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after