१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताएकी छन् ।

शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति पदको चयनका लागि भएको निर्वाचन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।

उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् । उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस