आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधवार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री