पेट्रोल बेच्ने आयल निगमले किन्यो विद्युतीय गाडी

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको नेपाल आयल निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ । निगमले बीवाईडी ब्राण्डका ‘अल न्यू ई६’ गाडी खरिद गरेको हो ।

बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले सोमबार निगमलाई विद्युतीय गाडी हस्तान्तरण गरेको हो । निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरूप नै अल न्यू ई६ खरिद गरिएको बताइएको छ । ‘शुन्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका ई६ सवारी साधनहरू धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेका छन्,’ हस्तान्तरणपछि साइमेक्स इंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडीका विद्युतीय गाडी निगमले खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने रणनीतिका रूपमा लिइएको बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई १ करोड बढी सहयोग गर्ने भाटभटेनीको घोषणा

काठमाडौं । भाटभटेनी सुपरस्टोरले केहि दिनअघि आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणका लागि १ करोड …

प्रतिकृया दिनुहॊस